यो भन्दा केपि वलीलाई प्रचण्डले के के दिनुपर्ने हो : दीपेश पुन

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा एवम् अखिल क्रान्तिकारीका नेता दीपेश पुनले नेकपा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता र सरकार निर्माणमा बलियो साथ दिएको दाबी गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै पुनले प्रचण्ड पार्टी एकता र स्थायी सरकारको पक्षमा रहेको उल्लेख गरेका छन् । पछिल्लो समय नेकपा भित्रको आन्तरिक द्वन्द चुलिए सँगै प्रधानमन्त्रिले राजिनामा दिनुपर्ने आवाज उठीरहेका बेला कतिपयले प्रचण्ड माथि गुटबन्दी चलाएको आरोप लगाएका छन् । यसैबीच दीपेश पुनले प्रचण्ड माथिको आरोपको प्रतिवाद गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

“प्रचण्डलाई प्रधानमन्त्री चाहिएको थियो भने काङ्ग्रेसले ५ वर्ष प्रधानमन्त्री चलाउनुस् भन्ने प्रस्ताव गरे कै थियो” उनले लेखेका छन् । पार्टी एकतामा आधा आधा सरकार चलाउने लिखित सहमति भएको र त्यसबाट पनि प्रचण्ड पछि हटेर ५ वर्ष नै केपि वलीले सरकार चलाउने सहमति भएको उल्लेख गर्दै उनले यो भन्दा प्रचण्डले के के दिनुपर्ने ? भन्दै प्रश्न गरेका छन् ।

उनको स्ट्याटस यस्तो छ :

प्रचण्डलाई प्रधानमन्त्री चाहिएको थियो भने काङ्ग्रेसले ५ वर्ष प्रधानमन्त्री चलाउनुस् भन्ने प्रस्ताव गरे कै थियो । पार्टी एकतामा आधा आधा सरकार चलाउने लिखित सहमति भएकै थियो । त्यसबाट पनि प्रचण्ड पछि हटेर ५ वर्ष नै केपि वलीले सरकार चलाउने लिखित रुपमा दिएर सचिवालयमा औपचारिक निर्णय भएकै छ। दुनियाँमा कहि नभएको दुईअध्यक्ष व्यवस्था गरेर पार्टी अध्यक्ष पनि दिए कै छ।अब यो भन्दा केपि वलीलाई प्रचण्डले के के दिनुपर्ने हो वुंदागत भन्नुस् त ?