प्रचण्डलाई जुत्ता हान्ने रतन, पाँच सय धरौटीमा छुटे

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई लक्षित गरी जुत्ता हान्ने रतन तिरुवा पाँच सय धरौटी बुझाएर छुटेका छन्।

बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनलाई पाँच सय धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सोही आदेश अनुसार उनले महानगरिय प्रहरी वृत्त सिंहदरबारमा पाँच सय रुपैया धरौटी बुझाएर छुटेको डिएसपी कौशल बुढाथोकीले बताए।

‘पाँच सय बुझाउन आदेश दिएको थियो। उनले बुझाएर छुटे,’डिएसपी बुढाथोकीले भने। फागुन १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेका थिए। उनलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो।