बाबुरामले नेताहरूलाई भने – कुछ तो शरम करो यारो !

माजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश नम्बर २ को नाम तोक्न नसकेकोमा नेताहरूलाई लाज लाग्नुपर्ने बताएका छन् ।

उनले संविधानले नै मधेसी स्वीकार गरिसकेको अवस्थामा प्रदेश नम्बर २ काे नाम मधेश किन हुन नसक्ने भन्दै प्रश्न समेत गरेका छन् ।

बुधवार बिहान ट्विट गर्दै उनले लेखेका छन्,‘नेपालको संविधानमा ‘मधेसी’ पहिचान स्वीकार गरिसकेको छ भने २ नं प्रदेशको नाम ‘मधेस’ किन हुन सक्दैन?’ ‘हाम्रा पूर्वमाओवादी कमरेडहरु मातृका यादव, प्रभु साह, भरत साह कहाँ छन्’ भट्टराईले भनेका छन्,–‘अनि पूर्व नयाँ शक्तिवाला साथीहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ छन् ? केही त लाज मान यार !’

हिन्दीमा भाषामा ट्विट गर्दै उनले लेखेका छन्, जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता? हमारे पूर्व माओवादी कमरेडो मातृका यादव, प्रभु साह, भरत साह कहाँ हैं?और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा,रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हैं? कुछ तो शरम करो यारो!