बाँस्कोटाको घरमा भएको बम विष्फोटप्रति अध्यक्ष प्रचण्ड द्वारा निन्दा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री गोकुल बाँस्कोटा निवास भक्तपुरमा भएको विष्फोटको निन्दा गरेका छन्।

नेकपाका अध्यक्ष प्रचण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपाका सांसद तथा पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित निवासमा भएको बम विष्फोटको निन्दा गरेका हुन्। घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्न समेत विज्ञप्तिमा माग गरिएको छ ।

बम विस्फोटबाट बाँस्कोटाको बन्दै गरेको घरको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। बाँस्कोटा भने बालकोटमा रहेको प्रधानमन्त्री ओलीको घरमा बस्दै आएका छन् ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा घुसका लागि बार्गेनिङ गरेको अडियो बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिएका थिए। बास्कोटाको घरमा बम विस्फोट गराएको जिम्मा विप्लव समूहले लिएको छ ।