पूर्वमन्त्री बास्कोटाको घरमा विस्फोट गराउने योजनाकार पक्राउ

पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन ।

क्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । बास्कोटाको घरमा बम विस्फोट गराएको जिम्मा विप्लव समूहले लिएको थियो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एसपी प्रधानले यसबारे थप अनुसन्धान भइरहेको बताए ।