नेपालकै ठूलो पोखरा रंगशालाको काम अन्तिम चरणमा

नेपालको सबैभन्दा ठुलो पोखरा रंगशालाको तयारी अन्तिम चरणमा पुगेको छ ।

कारण, काठमाडौंको दशरथ रंगशालाभन्दा ठूलो र स्तरीय रंगशाला २०७५ फागुन २६ गते रंगशालाको शिलान्यास युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्नु भएको थियो ।

मनकामना पोखरा कप फुटबल र आहा रारा गोल्डकप फुटबल प्रतियोगिता दर्शकले भुइँमा बसेर हेर्नु परे पनि, १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलसहित पोखरामा विभिन्न खेलकुद प्रतियोगिता भए। ठेकेदारले रातारात काम गरे। फुटबल रंगशालामा ४ दिनमा १० हजार सिट क्षमताको प्यारापिट जडान गरे। काम चलाउ फुटबल रंगशाला तयार गरेर साग खेलकुद सम्पन्न गरिए पनि अहिले त्यसलाई पूर्णता दिने काम तिब्र गतिमा भईरहेको छ।

रंगशाला निर्माणको सम्झौता गर्दा १६ हजार ५ सय सिट क्षमताको प्यारापिट बनाउने भनिए पनि अहिले २० हजार सिट क्षमताको प्यारापिट बन्ने भएको छ ।

फिफा मापदण्ड अनुसारको रंगशाला निर्माण भइरहेको रंगशालामा भिआइपीदेखि अपांगता भएका व्यक्तिका लागि छुट्टाछुट्टै सिट सहितको प्यारापिट निर्माण हुनेछ। खेलाडीका लागि चेञ्जिङ रूम र १७ वटा शौचालय लगायतका संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ।