हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि संविधान संशोधन गर : भट्टराई

फागुन – समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधन गर्न कार्यदल बनाएकोमा कडा आपत्ति जनाएका छन् ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य हुँदै प्रधानमन्त्री बनाउने प्रयत्नस्वरुप संविधान संशोधन गर्न लागिएकोप्रति आपत्ति जनाउँदै ट्विट गरेका छन ।

निर्वाचन हारेको वा चुनाव नलडेको व्यक्तिलाई देशको प्रमुख कार्यकारी बनाउनु लोकतन्त्रको हत्या हुने इंगित गर्दै भट्टराईले दुई तिहाईको दम्भ र हिम्मत भए प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदकानिम्ति संविधान संशोधन गर्न चुनौती दिनु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको संयोजकत्वमा उपनेता सुवासचन्द्र नेम्वाङ र स्थायी कमिटी सदस्य खिमलाल देवकोटा सदस्य रहेको समिति गठन गरेको थियो ।