बाँस्कोटा विरुद्ध सरकार विरोधी र अन्तर्रा्ष्ट्रिय ठेकेदारले षड्यन्त्र गरे : नवीना लामा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद नवीना लामाले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको चरित्र हत्या गर्न खोजिएको बताएकी छिन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा मन्त्री बाँस्कोटाले ७० करोड कमिसनका लागि बार्गे्निङ गरिरहेको अडियो बाहिर आएपछि श्रव्य सामाग्रीका आधारमा उनको चरित्र हत्या गर्न खोजिएको सांसद लामाले बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै सांसद लामाले भनिन्,‘सञ्चार मन्त्री गोकुल बाँस्कोटा कमरेडविरुद्धको पछिल्लो प्रकरण नेकपाको सरकार विरोधी शक्ति, केही दलाल पूँजीपति, व्यापारिक घराना र अन्तर्रा्ष्ट्रिय ठेकेदारको सामूहिक षड्यन्त्रको उपज हो ।’ फेसबुक स्ट्याटस्मा लामाले लेख्नुभएको छ, ‘सत्य तथ्य बाहिर आओस्, तबसम्म धैर्य गरौँ।’