बासकोटालाई बचाउन काग्रेंस जस्तो सडकमा जादैनौँ : संयोजक महर

काठमडाैं – सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुुल बाँस्कोटाबारे घुस मागेको अडियो सार्वजनिक भएपछि उत्पन्न भएको तरंगमा अनेरास्ववियूका संयोजक ऐन महरले राजीनामा दिए छानविनको दायरामा ल्याउन माग गरेका छन् ।

संयोजक महरले बाँस्कोटा दोषी भएमा सजायको भागिदार हुने र नेपाली कांग्रेसका उपसभापति विजय गच्छदार र अफ्ताव आलम प्रकरणमा देखाएको जस्तो व्यवहार नदेखाउने समेत जनाएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा तीन फरकफरक स्टाट्स पोष्ट गरेका छन् । पहिलो स्टाट्समा, ‘संचारमन्त्री ज्यूले राजिनामा दिएर मार्ग प्रशस्त गर्ने र यो घटनाको सत्य तथ्य छानबीन गरी कानुनी दायरामा ल्याउनु नै उचित हुन्छ ।’

उनले धैर्य गर्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले राजीनामा दिएर मार्ग प्रशस्त गर्दै घटनाको सत्य तथ्य छानबिन गरि कानूनी दायरामा ल्याउनु नै उचित हुने तर्क राखेका छन् । यस्तै महरले बास्कोटालाई जोगाउन कांग्रेस जसरी सडकमा नजाने समेत प्रष्ट पार्दै भनेका छन्, ‘साथीहरु धैर्य गर्नुस् ! दोषी भए कानून बमोजिम गोकुल बाँस्कोटा सजायको भागीदार हुनेछन् । हामी आलम र गच्छेदारलाई जोगाउन सडकमा गए जसरी जादैँनौं ।’