नेकपा परित्याग गरि कांग्रेस प्रवेश गर्ने दर्जनौंलाई गगन थापाले स्वागत गरे

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

सुनसरी जिल्लाको रामधुनीमा आयोजित एक कार्यक्रममा नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले स्वागत गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा युवा संघ नेपाल रामधुनी ५ का अध्यक्ष एमकाजी राई, राप्रपा नगर सचिव लेखनाथ खतिवडा, शम्भु बस्नेत, प्रेम राई, प्रल्लाद बिष्ट, टेकबहादुर कार्की, शिवकुमार माझी, महादेव माझी, मुक्तीनाथ सुवेदी, विनोद परियार, सिर्जना कार्की, प्रेमिका परियार, सीता परियार पुनम बिक, रमेश तामाङ, विपिन परियार, इन्दिरा तामाङ, हरिलाल मेहता, शिशिर चौधरी, राकेश चौधरी लगायत रहेका छन् ।

नवप्रवेशी कार्यकर्तालाई नेपाली कांग्रेसका युवा नेता थापाले खादा तथा अविर लगाएर प्रवेश गराएका थिए । नवप्रवेशीहरूले देशको पार्टी कांग्रेस नै भएको प्रतिकृया दिएका छन् । कार्यक्रमको सभापतित्व नगर सभापति सुदीप अधिकारीले गरेका थिए ।