तीन बिघा बढि जमिनमा ब्यवसायीक ड्रागन फ्रुड खेती

दाङ – तीन बिघा बढि जग्गा । त्यो जग्गामा सिमेन्टका पिलर र पिलर माथी गाडीहरुका टाएर । टाएरको भित्रि भागबाट सिउँडी जस्ता बोटहरु निस्किएका छन् । अन्जानमा हेर्दा लाग्दछ यो सिउडी खेती हो । 

यो कुनै सिउडी खेती होईन, यो त पुर्व मन्त्री लोकेन्द्र बिष्टले ब्यवसायीक रुपमा शुरु गर्नु भएको ड्रागन फ्रुड खेती हो । दाङको तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा मन्त्री बिष्टले ३ बिघा ५ कठ्ठा जमिन १५ बर्षका लागि लिजमा लिएर ब्यवसायीक रुपमा ड्रागन फ्रुडको खेती गर्नु भएको छ । 

खेती गर्न थालेको एक बर्ष पुगिसकेको छ । छ महिनामा ड्रागनले फल दिन शुरु गरेको हो । छ महिनामा फल दिन शुरु गरेपनि बिसिजनका कारण खासै राम्रो फल नदिएको केसीले बताउनु भयो ।  ड्रागन फ्रुडको लागि असार, साउन र भदौ उपयुक्त महिना भएको उहाँको भनाई छ  । ड्रागन फ्रुड पोषण तत्वले भरिपुर्ण फल भएकोले मानव शरिरमा भएका बिभिन्न रोग संग लड्न सक्ने प्रतिरोधी क्षमता बढ्ने बताउनु भयो । यो फलको उत्पत्ती दक्षिण अमेरीका मेक्सिको मा भएको समेत उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार नेपालमा ड्रागन फ्रुड आएको १८ बर्ष भएको छ । ठूला फर्महरुलाई ब्यवसायीक रुपमा बिकास गर्ने र सबै किसानहरुलाई थोरै मात्रामा भएपनि ड्रागन फ्रुड खेती तर्फ आकर्षित गर्नु पर्ने केसीले बताउनु भयो र्। बिष्टले भन्नुभयो’    पहिले हामीले यो कामको शुरुवात गर्दा सिउडी रोपेर कसरी खाने ? कतिपयले त हामीलाई कहाँका पागलहरुले यति धेरै जग्गामा सिउडी रोपे पनि भने, तर आजभोली यहाँका मान्छेहरु अचम्म परेका छन् ।’ 

यो फ्रुड नेपाली समाजका लागि नयाँ फल भएकाले बजारमा राम्रो मुल्य पर्ने उहाँको भनाई रहेको छ र्। अहिले बजारमा यो फ्रुड प्रतिकेजी ७ सय देखि २ हजार सम्म रहेको छ ।’ बिष्टले भन्नुभयो, उत्पादनका हिसावले एक पटकमा ५÷६ टन फल्छ ।’ उहाँले ड्रागन फ्रुडको नर्सरीबाट पनि राम्रो आम्दानी गरेको बताउनु भयो । एउटा बेर्नालाई २ सय देखि ३ सय सम्म विक्रि गर्दै आएको उहाँले बतउनुभयो । बेर्ना किन्नका लागि बाँके, रोल्पा, सल्यान लगाएतका जिल्लाबाट आउने गरेको बताउनु भयो । 

अहिले उहाँको नर्सरीमा मुन्तला, सावर, सर्पगन्धा, कुरिल्लो, टाटे सिमी केपीलो मेसल लगाएतका बिरुवा हुर्किरहेका छन् । कृषि आफैमा पर्यटकिय गन्तब्य भएको भन्दै पुर्ब मन्त्री बिष्टले पर्यटन संगै कृषिलाई पनि उद्योगमा जोड्दै लैजानु पर्ने समेत उहाँले बताउनु भएको छ ।