काेरियाबाट फर्केर व्यवसायिक खेति सुरु गरेका सुशिलको १० लाखसम्म नाफा

मोरङको सुन्दरहरैचा नगरपालिकाका सुशिल घिमिरेले झण्डै पाँच वर्ष दक्षिण कोरियामा पसिना बगाए । पाँच वर्षसम्मको कोरिया बसाई पछि २०७३ सालमा स्वदेश फर्कैका घिमिरे अहिले भने व्यवसायिक खेतिमा रमिरहेका छन् ।

वैदेशिक रोजगारीले आर्थिक रूपमा सबल बनाए पनि देशमा नै केही गरौं भन्ने मनमा रहेको चाहना पुरा गर्न व्यवसायिक रुपमा खेतिमा जुटेका उनको भनाई छ । घिमिरेले २ विगाह खेतमा काउली, गोलभेंडा, बन्दा लगायतका तरकारी लगाएका छने । त्यसैगरी उनले २ विगाह क्षेत्रफलमा माछा पोखरी बनाएका छन् भने एक विगाह क्षेत्रफलमा कुखरापालन गरेका छन् । त्यसैगरी उनले कुरिलोको व्यवसायिक खेति समेत गरेका छन् ।

मौसमि तथा बेमौसी खेति गर्ने घिमिरेले वार्षिक रुपमा १० लाख भन्दा बढि नाफा गर्ने गरेको बताए । बेमौसमी तरकारी उत्पादन गर्दा राम्रो आम्दानी हुने भएकाले परम्परागत खेति छोडेर व्यवसायिक खेतिमा होमिएको उनले बताए । यसले आम्दानी उल्लेख्य बृद्धि भएको उनको भनाई छ । खेतीलाइ विस्तार गर्दै लैजाने साेच राखेकाे उनीले बताउँछन् ।