चीनका राष्ट्रपतिको नाम बिग्रिएपछि फेसबूकले माग्यो माफी

सबूकले प्राविधिक कारणले गर्दा चीनका राष्ट्रपति सी चिनफिङको नाम बिगारिएको बताएको छ ।

म्यान्मार भ्रमणमा रहेका राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा मिस्टर शिटहोल बनेको थियो । सीले म्यान्मारकी स्टेट काउन्सेलर आङ सान सु कीलाई भेटेका छन् ।

सीको भ्रमणका बारेमा सु की को फेसबूक पेजमा एक बयान प्रकाशित भएको थियो । त्यसमा सीको नामलाई बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा मिस्टर शिटहोल लेखिएको थियो । अनि इरावड्डी न्युज वेबसाइटको हेडलाइनमा पनि राष्ट्रपति शिटहोल लेखिएको छ ।

फेसबूकले प्राविधिक कारणवश गल्ती भएको र गलत अनुवाद सुधार गरिसकिएको जनाएको छ । ‘यसले गर्दा भएको अपमानका लागि हामी इरमान्दारीपूर्वक क्षमा माग्छौं,’ कम्पनी भन्यो । यस्तो गल्ती कसरी हुन सक्यो भन्ने विषयमा फेसबूकले विस्तृत विवरण दिएन तर बर्मेली डेटाबेसमा सी चिनफिङको नाम नरहेको उल्लेख गर्‍यो । बेइजिङले यस घटनामा टिप्पणी गरेको छैन ।