सभामुखबारे निचोड निकाल्न ओली र प्रचण्ड बीच बालुवाटारमा छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

सभामुखबारे निर्णय गर्न प्रचण्ड आइतवार बिहान बालुवाटार गएका हुन् । आजको अध्यक्षद्वयको भेटघाटमा सभामुखबारे निर्णायक छलफल हुने बालुवाटार स्रोतको दाबी छ । सभामुखको उम्मेदवार चयनको विषयलाई लिएर नेकपामा दुई अध्यक्षबीच शक्तिसंघर्ष चलेको थियो । दुवै अध्यक्षले सभामुख चयनमा आफ्नो निर्णय लागू गराउन खोजेका थिए ।

पूर्वमाओवादी पक्षले सभामुख आफूहरूले पाउनुपर्ने अडान नछाडेपछि सभामुख चयनको प्रक्रिया लम्बिएको थियो । सभामुख चयन हुन नसक्दा लामो समयसम्म एकमात्र जननिर्वाचित थलो प्रतिनिधिसभा अवरुद्ध हुँदै आएको छ ।