अमेरिकी दूतावास भन्छ ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन’

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेञ्ज कर्पेरेसन (एमसीसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको दाबी गरेको छ ।

एमसीसी इन्डो–प्यासिफिक स्ट्राटेजी अन्तरगतको परियोजना भएको भन्दै बिरोध भइरहेको बेला दूताबासले विज्ञप्ति जारी गरेर यस्तो दाबी गरेको हो ।

शुक्रबार साझ अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर एमसीसी परियोजनामा सैन्य संलग्नता नरहेको दाबी गरेको हो । उसले भनेको छ, ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानुनले कुनैपनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ ।’

दूतावासले यो विशुद्धरूपमा आर्थिक विकासमा केन्द्रित भएको दाबी गरेको छ । विद्युत लाइन निर्माण र सडकको स्तरोन्नतिमार्फत आर्थिक विकासलाई सघाउने परियोजनाको लक्ष्य रहेको उसको जिकिर छ ।

अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको दूताबासको भनाई छ ।