लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गर्न नरेन्द्र मोदीलाई विरोधपत्र

पाल मजदूर किसान पार्टीले नेपाली भूमि अतिक्रमणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र पठाएको छ ।

अतिक्रमित पश्चिमी सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गर्न माग गर्दै पार्टीले नेपालस्थित भारतीय राजदूतावासमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र पठाएको हो ।

विरोधपत्र दूतावासका द्वितीय सचिव भारती नन्दनलाई हस्तान्तरण गरिएको सांसद प्रेम सुवालले बताए । दूतावासमा विरोधपत्र हस्तान्तरण गर्नुअघि पार्टीले रत्नपार्कबाट शुरू गरेको विरोध जुलुस जमल, नागपोखरी, उत्तरढोका हुँदै लैनचौर पुगेको थियो ।

सीमा अतिक्रमणविरुद्ध देशभर विरोध भइरहेको छ भने सरकारले कूटनीतिक पहल गर्न नसकेको आरोप लागेको छ ।