बाँसबारी जग्गा प्रकरणमा सांसद चौधरीसँग दुई घण्टा बयान (भिडियो )

सांसद विनोद चौधरीसँग सीआईबीले लियो दुई घण्टा बयान

नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । बाँसबारी जग्गा प्रकरणमा उनीसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिएका हुन् ।

चौधरी बयान पुरा गरेर निस्किएका छन् । चौधरी पश्चिम नवलपरासी–१ बाट निर्वाचित सांसद हुन् ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ । छाला जुत्ता कारखानाको कम्पाउण्डमा स्थापना गरिएको च्याम्पियन फुटवेयरमा विनोद चौधरीको २ सय कित्ता सेयर फेला परेको अनुसन्धानमा संलग्न सीआईबीका एक जना अधिकृतले संचारकर्मीलाई बताए।

भिडियो हेर्नुहोस