प्रचण्डले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसँगै पुन:प्रधानमन्त्री पदमा निर्वाचित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट तेस्रो पटक विश्वासको मत पाएसंगै पुन:प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् ।
बुधबार संसदमा विश्वासको मत लिएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका हुन् । उनले राष्ट्र र जनताको पक्षमा राम्रो काम तीव्र गतिमा पूरा गर्ने आफ्नो जिम्मेवारी रहेको बताए । उनले काँधमा जिम्मेवारी थपिएको बताए । उनले संयमित वातावरणमा लोकतान्त्रिक ढंगले विश्वासको मत पाएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने सांसदहरु र संसद्प्रति आभार पनि व्यक्त गरे ।