काठमाडौआए दुर्गाप्रसाईं,एर्पोटबाटै गृहमन्त्री रवि रामिछानेलाई दिए कडाचुनौती(भिडियो)

काठमाडौआए दुर्गाप्रसाईं,एर्पोटबाटै गृहमन्त्री रवि रामिछानेलाई दिए कडाचुनौती

भिडियो हेर्नुहोस

राष्ट्र ,राष्ट्रियता ,धर्म ,संस्कृति तथा नागरिक बचाऊ अभियानका प्रमुख दुर्गा प्रसाईंले आफू गिरफ्तारी दिन तयार रहेको बताएका छन् । आइतबार झापाबाट काठमाडौँ आएका प्रसाईंले त्रिवि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू केही दिनपछि मात्र काठमाडौँ आउने तयारी भए पनि नयाँ गठबन्धनमार्फत नयाँ मन्त्रिमण्डल विस्तार भएसँगै आफूलाई पक्राउ गर्ने हल्ला चलाएकाले आफू काठमाडौँ आएको बताए ।

‘जतिखेर पनि पक्राउ दिन दुर्गा प्रसाईं तयार छ । दुर्गा प्रसाईं  टाइगर हो टाइगर जिउँदै छ’, प्रसाईंले भने, ‘रविजीलाई म के भन्छु भने मलाई समय दिनुस् म फाइल बुझाउँछु । तर फाइल खोल्ने आँट गर्नुस्’, उनले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न अनुमति दिए आफूले सात दिनमा पक्राउ गरेर ल्याइदिने बताए । ‘जीवी राई सन्तोष कार्कीकोमा बसेका छन् । मलाई गृहमन्त्रीले अनुमति दिए म सात दिनमा पक्राउ गरेर ल्याइदिन्छु ।’

उनले सर्वहारा वर्ग र भुइमान्छेमाथि सरकार खनिएको भन्दै २०३० सम्म यो देश माफियाले लिइसक्ने घोषणा गरे । पत्रकार भेटघाट सकिए लगत्तै प्रसाई तिनकुने स्थित मिटर ब्याज पिडितको धर्ना स्थलमा पुगेर यैक्यबद्दता जनाए ।