मन्त्री ज्वालाले राजीनामा दिनुहुन्न, समिती नै मान्य छैन: धनराज वास्तविक (भिडियोसहित)

‘मन्त्रि ज्वालाको राजिनामा आउँदैन, छानबिन समितिनै मान्य छैन’- नेकपा एसका युवा नेता धनराज वास्तविक (भिडियो अन्तर्वार्ता)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको जाँचबुझ प्रतिवेदनबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग छलफल गरेको र प्रधानमन्त्री प्रचण्डले मुखै खोलेर मन्त्री ज्वालाको राजीनामा त मागेका छैनन्, तर जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने भन्दै पद छाड्न संकेत गरेको स्रोतले जनाएको छ ।

१३ पुसमा दुई युवकको मृत्यु हुने गरी भएको बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा फिल्ड कमाण्डर डीएसपी उमेश लम्साल र निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीसँगै मन्त्री ज्वालालाई समेत दोषी किटान गरिएको छ । मन्त्री नगएको भए घटना नहुने समितिको निष्कर्ष छ ।

प्रतिवेदनलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकको सुरुमै विशेष समय लिएर मन्त्री ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमाथि प्रश्न उठाएको थियो । प्रधानमन्त्री प्रचण्डले भने बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको जवाफ दिएका थिए ।
गृहमन्त्री श्रेष्ठले छानबिन समितिको प्रतिवेदन आफूले सरकारलाई बझाउने हो कि पार्टीहरुलाई भनेर प्रश्न गरे । त्यसपछि कांग्रेस उपसभापति समेत रहेका रक्षामन्त्री खड्काले यो एउटा दलको सरकार हो कि गठबन्धनको हो भन्ने प्रश्न गरे ।

जाँचबुझ आयोगको प्रतिवेदन आफूले आज मात्र बुझ्ने भन्दै उनले भने, ‘अहिलेसम्म मैले हेरेको छैन, आज क्याबिनेट बस्दैछ । अध्ययन गरेपछि कारबाही गरिन्छ ।’