सिप बिल्डिङ क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने, पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन आह्वान

Shipbuilding Sector मा सहभागी भएका परीक्षार्थीहरुले  Manufacturing Sectorमा परिक्ष फारम भर्ने सम्बन्धि सूचना जारि गरेको छ । सिप बिल्डिङ क्षेत्रकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा  मन्त्रालय  वैदेशिक रोजगार विभाग ईपिएस कोरिया साखाले अत्यन्त जरुरि सूचना जारि गरेको हो । वैदेशिक रोजगार विभागले सिप बिल्डिङ क्षेत्रकाहरूलाई आवेदन दिन पाउने निर्णय गरेको हो । त्यसका लागि पुस १६ गतेदेखि १८ गतेसम्म आवेदन दिन आह्वान गरेको छ ।

सिप बिल्डिङ क्षेत्रमा आवेदन दिएका ३१ हजार भन्दा बढिले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने व्यवस्था थियो। चर्को दबाब तथा उच्च अदालत पाटनको अन्तरिम आदेशपछि उनीहरूका लागि आवेदन खुला गरेको हो।

अदालतले निवेदकसहित इच्छुक सबैलाई आवेदन फाराम भर्न दिन आदेश जारी गरेको थियो। यसअघि सुरज पाठकसहित १८ जनाको हकमा फाराम भर्न दिन भन्दै आदेश जारी गरेको थियो। त्यसपछि उनीहरूले आज आवेदन फाराम भर्न निवेदन दिएका थिए। ईपीएस कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएको झडपमा  दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा सुजन राउत र वीरेन्द्र शाह रहेका छन् ।

 

b1b2

दुई परिवार जसले बालकुमारी झडपमा रोजीरोटीको सहारा गुमायो

प्रदर्शन
तस्बिरको क्याप्शन,ज्यान गुमाएका युवाहरूले कोरियामा रोजगारीमा जाने आकाङ्क्षा राखेका थिए

ईपीएस कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारीमा भएका झडपमा ज्यान गुमाउने सुजन राउत र वीरेन्द्र शाह लगभग एकै उमेरका थिए।

कोरिया गएर आफ्नो परिवारको आर्थिक हैसियत बलियो बनाउने आकाङ्क्षा राखेका ती दुवै युवकको कोरियाली भाषा परीक्षामा सहभागिताका विषयमा चलिरहेको विवादले उग्र रूप लिँदा प्रहरीले बल प्रयोग गरेपछि ज्यान गयो।

आफ्ना गाउँका ‘आशा’ गरिएका युवक राजधानीमा मारिएपछि दैलेखको महाबु गाउँपालिका र अछामको चौपाटी गाउँपालिकाका स्थानीय बासिन्दामा त्यसको पीडा र आक्रोश शुक्रवार साँझ अनुभव गर्न सकिन्थ्यो।

गृह मन्त्रालयले शुक्रवारको हिंसा र त्यसमा भएको मानवीय एवं भौतिक क्षतिको सत्यतथ्य पत्ता लगाई सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी एउटा तीन सदस्यीय समिति गठन गरेको छ।

दैलेखमा गुमेको ‘परिवारको अभिभावक’

मन्त्रीको गाडीमा आगजनी भएपछि अवस्था बिग्रिएको थियो
तस्बिरको क्याप्शन,मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि प्रहरीले बल प्रयोग गरेको थियो

केही समयअघि आफ्ना पिता गुमाएका दैलेखको महाबु गाउँपालिकाका वार्ड नम्बर ६ का सुजन आफ्नो परिवारका भरोसा थिए।

ओभरसियर अध्ययन पूरा गरेपछि पनि बेरोजगारकै रहेका सुजनले काम नपाएकै कारण विदेश जाने तयारी गरेको उनका मामा यामराज कटुवालले बीबीसीलाई बताए।

उनले भने, “उनको बुवा बित्नुभएको भर्खरै एक वर्ष पुग्यो। घरको सम्पूर्ण जिम्मेवारी पूरा गर्न विदेश जान्छु भनेर हिँडेको मान्छे यसरी बाटोमा नै सकिनुपर्‍यो। सरकारकै कारण भान्जाको ज्यान गएकाले देशमा राज्य नै छैन भन्ने मलाई लागिरहेको छ।”

उनले सुजनकी आमा, बहिनी र भाइ बोल्नसक्ने अवस्थामा नरहेको भन्दै छरछिमेक सबै जम्मा भएर सान्त्वना दिइरहेको बताए।

उनले भने, “कतिखेर को बेहोस हुने भन्ने थहा छैन। बिधुवा महिलाको छोरा जो आफ्नो घरपरिवारको जिम्मेवारीको कारणले विदेश जान्छु भनेर हिँडेको मान्छे गुमाउँदा परिवारलाई ठूलो अन्याय भएको छ। अब उसको घरपरिवार कसरी चल्छ त्यो भन्न सकिने अवस्था छैन।”

उक्त गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्माले परिवारको पीडा शब्दमा बयान गर्न नसकिने बताइन्।

उनले भनिन्, “सुजनको आमाले श्रीमान् गुमाउनुभएको पीडा भुल्न नै पाउनुभएको थिएन। परिवार अहिले पनि त्यसकै शोकमा छ। सुजनले एउटा अभिभावक खोजिरहेको बेला ऊ आफैँ अभिभावक बन्दै परिवार र आमाको हेरचाह गर्ने हिसाबले गइरहेको अवस्थामा थियो। उसले सडकमा यसरी गुमाउनुपर्दा हामीलाई त पीडा छ भने आमालाई कति पीडा भइरहेको होला भन्ने कल्पना नै गर्न सक्दैनौँ।”

उनलाई नजिकैको किस्ट अस्पताल लगिएको थियो।

“हामीकहाँ उहाँलाई ल्याइपुर्‍याउँदा नै अचेत अवस्थामा ल्याइएको थियो। उहाँको छातीमा नीलो डाम थियो। ल्याउँदा नै लगभग मृत अवस्थामा यहाँ ल्याइएको थियो,” उक्त अस्पतालका चीफ अपरेटिङ अफिसर अमिश पाठकले भने।

उनको परिवारले त्यसको छानबिन हुनुपर्ने भन्दै ‘अत्याधिक बल प्रयोग गर्ने’ लाई कारबाही गरिनुपर्ने माग गरेको छ।

भारतमा मजदुरी गरेर देखेको सपना भताभुङ्ग

प्रदर्शनका क्रममा ज्यान गुमाएका अछाम चौरपाटी गाउँपालिका-१ सिउँडीका वीरेन्द्र शाहको उमेर २२ वर्ष रहेको प्रहरीले जनाएको छ।

नातामा उनका बाजे पर्ने गणेशबहादुर शाहले मृतकको परिवारको आर्थिक स्थिति कमजोर रहेको बताउँदै परिवारले उनीबाट ठूलो आशा राखेको बताए।

उनले भने, “नाति बित्दा परिवार नै रोएका छन्। आमाबुवा बेहोस छन्। गाउँ शोकमग्न छ। बुवाले ऋण गरेर छोरालाई डेढ दुई वर्षदेखि काठमाण्डूमा कोरियन भाषा पढाएको हो।”

त्यसका लागि वीरेन्द्रका पिताले भारतमा गएर मजदुरी पनि गर्ने गरेको उल्लेख गर्दै उनले भने, “उसको बुबा कहिले काम गर्न भारत जान्थ्यो। बिरामी पनि भइराख्थ्यो। बिरामी भइसकेपछि पनि काम गर्न आउने र जाने गर्थ्यो। आर्थिक स्थिति कमजोर थियो। छोरा विदेशमा गएपछि केही न केही गर्छ कि भनेर भाषा पढाउन थालेको हो।”

वीरेन्द्रको मृत्युमा गाउँले नै अन्याय महसुस गरेको उनले सुनाए।

उनले भने, “रोजगार दिनुपर्ने सरकारले विदेशमा हामीलाई काम गर्न जान दिनुभन्दा उल्टै ज्यान लियो। साह्रै अन्याय भयो भने गाउँको नै भनाइ छ।”

पीडित परिवारले ‘अत्यधिक बल प्रयोग गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्ने’ र परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

ईपीएस कार्यालयबाहिर धर्ना दिइरहेका प्रदर्शनकारीहरूले भौतिक निर्माण तथा पूर्वाधारमन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरेका थिए।

प्रहरीले करिब ३ हजारको सङ्ख्यामा प्रदर्शनकारी रहेको भन्दै उनीहरूले हुलदङ्गा गरेपछि बल प्रयोग गरेको बताएको छ।

सुजन र वीरेन्द्रले ज्यान गुमाएकै दिन परीक्षाबाट वञ्चित गरिएको विरोधमा प्रदर्शन गरिरहेका सन् २०२३ मा एक पटक कोरियाली भाषा परीक्षामा सहभागी भएका अन्य सबैलाई भाषा परीक्षामा सहभागी हुन आवेदन दिन मिल्ने व्यवस्था मिलाउन पाटन उच्च अदालतले आदेश दिएको हो।