राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बस्दा रामचन्द्रलाई राहत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाले भनेको छ, ” वर्तमान परिस्थिति र हाम्रा आम शुभेच्छुकको चाहनालाई ध्यानमा राख्दै  राष्ट्रपति पदको मतदानमा राप्रपाले सहभागी नहुने निर्णय गरेकोछ।”

राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।  संसद भवनमा मतदान केन्द्र बनाइएको  राष्ट्रपतिको  निर्वाचनमा विहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।