नेपालको आर्थिक अवस्था कस्तो छ ? के हो आर्टिफिसियल एनर्जी ? (भिडियो )

नेपालको आर्थिक अवस्था श्रीलंकासँग तुलना गर्नु गलत छ

नेपाल एक विकासोन्मूख मिश्रित अर्थवस्था अपनाएको, संघिय लोकत्रान्तिक शासन प्रणाली रहेको भूपरिवेष्ठित देश हो । विश्व मानचित्रमा ०.०३ प्रतिशत तथा एसिया महादेशमा ०.३ प्रतिशत भू–भाग ओगटेको छ । नेपाली अर्थतन्त्र विश्व अर्थतन्त्रमा दुई भिमकाय अवस्थामा रुपान्तरित हुदैँ गरेका मुलुकको बीचमा रहेको छ । जसबाट नेपालले प्राप्त मात्रामा फाईदा लिन सक्ने सम्भावना छ।

वृद्ध भत्ता दिने उमेर ७० बाट ६५ मा झारेर सामाजिक सुरक्षाका अन्य कार्यक्रम थप्दा हाम्रो देशको आर्थिक क्षमताले धान्न सक्छ?

हाम्रो क्षमता एउटा पक्ष होला। राज्यको दायित्व अर्कोपक्ष हो। वृद्धभत्ता ७० वर्षमा हेर्दा अहिले धेरै बाँँच्ने मान्छे सम्पन्न जिल्लामा छन्। ५० वर्षभन्दा बढी जिल्लामा औषत आयु ७० वर्ष भन्दा कम छ। काठमाडौंका मान्छेलाई वृद्धभत्ता किन दिएको ? यो सामाजिक सुरक्षा हो कि होइन भन्ने प्रश्न छ। काठमाडौंमा वृद्धभत्ताले जीवन परिवर्तन भएका मान्छे थोरै मात्र होलान्। सुदूरपश्चिम वा सदूर पूर्वका जिल्लामा ७० वर्ष बाँच्छन् कि बाँच्दैनन्।

धनी परिवारको मान्छे ७० वर्ष बाँच्नु र गरिब परिवारको लागि त्यही उमेर राख्नु कति न्यायोचित हुन्छ? सुकुम्बासी बस्तीमा ७० वर्ष बाँच्न कति संघर्ष गर्नुपर्छ र भैंसेपाटी वा बालुवाटारमा बस्नेको ७० वर्ष उमेरलाई पनि हेर्नुपर्छ। संघर्षको कथा एउटै होइन। तथ्यांक हेरि विश्लेषण गरेर विपन्नलाई धेरै दिउँ, सम्पन्नलाई कम दिउँ भन्ने हो। तुलनात्मक रूपमा सम्पन्न व्यक्तिलाई भत्ता दिन सक्छ भने दुर्गममा बसेकालाई दिने कि नदिने? सामाजिक सुरक्षामा कसलाई सुरक्षित बनाउन खोजिएको हो भन्ने विषयमा कमै मात्र छलफल भएको छ। विपन्न र अप्ठ्यारोमा परेका मानिसले राहत पाउन भन्ने हो।

 

वैदेशिक ऋणको कारण श्रीलंकाको अर्थतन्त्रमा समस्या आयो। हाम्रोमा पनि विदेशी विनिमय सञ्चिति घटिहेको छ। के हाम्रो अर्थतन्त्र पनि अप्ठ्यारो अवस्थामा पुगेको हो?

नेपालको अहिलेको आर्थिक अवस्थालाई श्रीलंकासँग तुलना गर्नु गलत छ। हामीले ८० प्रतिशत ऋण विश्व वैंक र एसियाली बैंकबाट ल्याएका छौं। ती संस्थाको ऋण निकै सहुलियत दरमा छ। हाम्रो सात खर्ब रूपैयाँ ऋण औषत एक प्रतिशत व्याज दरको छ। ऋणको सावाँ, व्याज भुक्तानीका लागि वार्षिक ४० अर्ब रूपैयाँ छुट्टयाएका छौं। २०,३० वर्ष पछिसम्म तिर्ने ऋण छ। ऋण आजको भोलि तिर्ने होइन। अहिले हामीसँग साढे नौ अर्ब डलर विदेशी मुद्रा छ। आजको भोलि नै ऋण तिर्छु भने पनि हामीसँग सञ्चिति छ। वैदेशिक ऋण भन्दा हामीसँग वैदेशिक मुद्रा धेरै छ।

आयातमा असर पर्छ। सामान ल्याउन नसक्ने, ऋण तिर्न नसक्ने अवस्थामा छैनौं। बुझेर पनि यो विषय किन उचालेका छन्। यो त पहिला एमसिसी परियोजना ल्याउँदा ट्रान्समिसन लाइनबाट अमेरिका आउँछ भने जस्तै हो। कोभिडको बेला आयात कम भएको थियो। अहिले आयात बढेको छ। अर्थतन्त्र श्रीलंकाको जस्तो छैन। संरचनागत रूपमा फरक रहेको छ। श्रीलंका आर्थिक रूपमा हामीभन्दा राम्रो थियो। वैदेशिक ऋणमा अराजकता भयो। उनीहरूको वैदेशिक ऋणले प्रतिफल दिन सकेन।