एप्पलको नाफा अहिले सम्मकै उच्च

आइफोन बनाउने कम्पनी एप्पलले अहिलेसम्मको सबैभन्दा उच्च मुनाफा गरेको छ। आइफोनले यसअघिको कमाइको सबै किर्तिमान तोड्दै अहिलेसम्मकै उच्च मुनाफा गरेको हो।

गत सेप्टेम्बर २० मा आइफोनले आफ्नो नयाँ उत्पादन आइफोन ११ तथा आइफोन ११ प्रो बजारमा ल्याएको थियो। त्यसैकारण उसले कमाइ उच्च गरेको छ। एप्पलले अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिनामा अहिलेसम्मकै धेरै कमाइ गरेको हो। तर, एप्पलले भने आइफोन ग्याजेटसँगै डिजिटल सेवाहरुको बिक्रीले कमाइ बढेको दाबी गरको छ।

एप्पलको यो तीन महिनाको नाफा अहिलेसम्मकै बढी २२ अर्ब डलर भएको छ। सो समयमा कम्पनीले ९१.८ अर्ब डलर कमाइ गरेको थियो। कम्पनीको सिइओ टिम कुकले पछिल्लो समय बढेको कमाइले आफूहरु उत्साहीत भएको बताएका छन्। उनले भने, ‘आइफोन ११ र आइफोन ११ प्रोको माग बढी भएका कारण नाफा बढेको हो।’

नाफा बढेसँगै अन्तर्राष्ट्रिय बजारमा एप्पलको शेयर मूल्य पनि बढेको छ। एप्पलले आफ्नो नाफा घोषणा गरेपछि गत सोमबार मात्रै २ प्रतिशतले शेयर बढेको हो। तर, एप्पलको कमाइ विश्लेषकहरुको अनुमान भन्दा बढी देखिएको छ।

अन्तर्राष्ट्रिय समाचार माध्यमअनुसार विश्लेषकहरुले यो समयमा ६२.३ अर्ब कारोबार हुने विश्लेषण गरिरहेका थिए। त्यस्तै कतिपयले ६३ खर्ब देखि ६७ अर्ब डलरको बीचमा कारोबार हुने अनुमान गरेको बताइएको छ। तर कम्पनीले भने अनुमान भन्दा बढी कमाएको छ।

टिम कुकले कम्पनीको नीति ग्रहकहरुलाई तेस्रो र पाँचौ वर्ष नयाँ हेडसेट बेच्ने बताएका छन्। साथै एप्पलले ग्राहकको लागि नयाँ सामाग्री ल्याइरहने दाबी गरेको छ। कम्पनीकाअनुसार आइफोन ११ र ११ प्रो तथा आइफोन ११ प्रो म्याक्स जस्ता मोडलको उल्लेखनिय मागका कारणले यसको विक्री हरेक वर्ष ८ प्रतिशतले बढिरहेको छ।

मेक्सिको, भारत, तुर्की, पोल्यान्ड, थाइल्याड, मलेसिया, फिलिपिन्स, भियतनाम आदी देशमा एप्पलको उत्पादनको माग बढ्दै गएको छ। यी क्षेत्रमा आइप्याडको माग तथा बिक्री पनि बढ्दै गएको कम्पनीले जनाएको छ।

एप्पलको पर्सनल कम्युटर म्याक र आइप्याडबाट मात्रै ७.२ अर्ब डलर र ६ अर्ब डलर कमाइ भएको कम्पनीले खुलासा गरेको छ। पछिल्लो समय कम्पनीले भारतमा पनि आइफोन एक्स आर बनाउने घोषणा गरेको छ।

कम्पनीले मार्चसम्ममा भारतमै आइफोन उत्पादन गर्नेगरी काम भइरहेको पनि बताएको छ।